सेयर कारोबारमा पूँजीगत लाभकर घट्यो

काठमाडौं । सरकारले सेयर कारोबारबाट प्राप्त हुने नाफामा लाग्ने पूँजीगत लाभकरको दर घटाउने निर्णय गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको प्रस्ताव मन्त्रिपरिषद्को आजको बैठकले स्वीकृत गरेसँगै यो निर्णय आएको हो।

आज बसेको मन्त्रिपरिषद बैठकले अल्पकालीन अवधिको धितोपत्र कारोबारमा ५ प्रतिशत र दीर्घकालीन अवधिको कारोबारमा नाफाको ३.५ प्रतिशत पूँजीगत लाभकर कायम गर्ने निर्णय गरेको हो ।

बैठकको निर्णयमा भनिएको छ,‘नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएका निकायको हितको निसर्गबाट प्राप्त लाभका धितोपत्र, विनियम बजारको कार्य गर्ने निकायले प्राकृतिक व्यक्तिको हकमा ३ सय ६५ दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको ३.५ प्रतिशत र ३ सय ६५ वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको ५ प्रतिशत अग्रिम कर कायम गर्ने ।’

यसअघि व्यक्तिगत लगानीकर्ताले एक वर्ष वा सोभन्दा कम अवधिमा सेयर बिक्री गर्दा ७.५ प्रतिशत र एक वर्षभन्दा बढी समय होल्ड गर्दा ५ प्रतिशत कर तिर्दै आएका थिए। यो नयाँ व्यवस्था तत्काल लागू भने हुने छैन। राजपत्रमा करको संशोधित दर प्रकाशित भएपछि मात्र यो औपचारिक रूपमा कार्यान्वयनमा आउनेछ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर