
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ । वित्तीय विवरण अनुसार कम्पनीको नाफा ऋणात्मक अवस्थामा रहेको छ ।
गत आवको पुस मसान्तसम्म २५ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनी चालू आवको पुस मसान्तसम्म ४ करोड ४७ लाख रुपैयाँ खुद घाटामा रहेको छ । वित्तीय विवरण अनुसार पुस मसान्तसम्मको अवधिमा कम्पनी ७८ करोड रुपैयाँभन्दा बढीको व्यवसाय गर्न सफल भएको हो । गत आवको आवको पुस मसान्तसम्म कम्पनीले ६३ करोड ७६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकोमा त्यसको तुलनामा चालू आवको पुस मसान्तसम्म २२.४१ प्रतिशतले व्यवसाय वृद्धि गरी ७८ करोड ५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको हो ।
समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी १ अर्ब १६ करोड ३३ लाख रुपैयाँबाट ५.७१ प्रतिशतले बढेर १ अर्ब २२ करोड ९८ लाख रुपैयाँ नाघेको छ भने कुल खर्च ७९ करोड ७८ लाख रुपैयाँबाट ६२.१५ प्रतिशतले बढेर १ अर्ब २९ करोड ९३ लाख रुपैयाँ नाघेको छ । त्यस्तै अभिकर्तालाई कमिशन बापत दिएको रकम पनि २ करोड ६८ लाख रुपैयाँबाट १९.८२ प्रतिशतले बढेर ३ करोड २२ लाख रुपैयाँ नाघेको छ ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १९.३९ रुपैयाँबाट घटेर ३.०६ रुपैयाँ ऋणात्मक हुन पुगेको छ भने सोल्भेन्सी अनुपात ३.६७ प्रतिशतबाट बढेर ४.७४ प्रतिशत कायम भएको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १९६.६४ रुपैयाँ रहेको छ। २ अर्ब ९३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको स्पेशल रिजर्भमा १ अर्ब ९१ करोड ७६ लाख रुपैयाँ, महाविपत्ति कोषमा १६ करोड ११ लाख रुपैयाँ र जगेडा कोषमा १६ करोड ५७ लाख रुपैयाँ सञ्चित रहेको छ। पुस मसान्तसम्म कम्पनीले ४ अर्ब ६६ करोड ९२ लाख रुपैयाँ लगानी गरेको छ।













समाचार
बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा
जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी
पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज
ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना
एनपिएलको तयारी अन्तिम चरणमा: कीर्तिपुर मैदानमा के-के फेरिँदै छ?
दसैंको टीका कात्तिक ४ गते, उत्तम साइत बिहान १०ः२६ बजे
नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला
आजको मौसम : मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
विदेशी विनिमयदर : डलर र युरो मंहगियो, पाउण्ड सस्तीदा कुनको मूल्य कति ?