
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा उल्लेख्य सुधार देखिएको छ । लघवित्तले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार नाफामा सुधार देखिएको हो ।
वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा १४.९७ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले चालु आवको पुस मसान्तसम्मको अवधिमा १ करोड २३ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीले गत आवको दोस्रो त्रैमासमा १ करोड ७ लाख रुपैयाँ नाफा कमाएको थियो ।
चालु आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले खुद नाफा बढ्न टेवा पुगेको हो । सञ्चालन नाफा गत आवमा १ करोड ५३ लाख रुपैयाँ रहेकोमा चालु आवमा बढेर १ करोड ७६ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, खुद ब्याज आम्दानी गत आवमा ५ करोड २५ लाख रुपैयाँ रहेकोमा चालु आवमा बढेर ७ करोड ५० लाख रुपैयाँ पुगेको छ ।
चुक्ता पुँजी १५ करोड १५ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ४ करोड रुपैयाँ र सञ्चित मुनाफा ८३ लाख रुपैयाँ रहेको छ । कम्पनीले १ अर्ब ६२ करोड रुपैयाँ सापटी लिएर ४७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ अर्ब ११ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि वृद्धि भएको छ । गत आवको दोस्रो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ १८ पैसा रहेकोमा चालु आवमा बढेर १६ रुपैयाँ ३० पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ०८ पैसा र खराब कर्जा ४.१३ प्रतिशत रहेको छ ।













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम