सुनको मूल्यमा ३८०० रुपैयाँको गिरावट, तोलाको कति ?

काठमाडौं । पछिल्लो एक साताकोमा सुनको मूल्य घटेको छ । यो एक साताको अवधिमा सुनको मूल्य तोलाको ३ हजार ८०० रुपैयाँले सस्तो भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, गत असोज ९ गते शुक्रबार नेपाली बजारमा २ लाख ९८ हजार ६०० रुपैयाँ रहेको सुनको मूल्य असोज १६ गते शुक्रबारसम्म आइपुग्दा तोलामा ३ हजार ८०० रुपैयाँले घटेर तोलाको २ लाख ९४ हजार ८०० रुपैयाँ पुगेको हो । यो साताको कारोबार हुने पहिलो दिन असोज ११ गते आइतबार सुनको मूल्य ७०० रुपैयाँ बढेर तोलाको २ लाख ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, असोज १२ गते सोमबार भने एकैदिन सुन प्रतितोला ५ हजार रुपैयाँले घटेर तोलाको २ लाख ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै यो साताको मंगलबार पनि सुनको मूल्य घट्यो । त्यो दिन सुनको मूल्य ३ हजार ८०० रुपैयाँले सस्तो भएर तोलाको २ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । बुधबार भने सुनको मूल्य फेरि बढ्यो । त्यो दिन सुनको मूल्य २ हजार ८०० रुपैयाँले बढेर तोलाको २ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

असोज १५ गते बिहीबार भने सुनको मूल्य भने स्थिर रह्यो । साताको अन्तिम दिन शुक्रबार भने सुनको मूल्य फेरि बढ्यो । त्यो दिन सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँले बढेर २ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर