
काठमाडौं । शेर्पा संघ अमेरिकाले पत्रकार मिङमा शेर्पालाई सम्मान गरेको छ । पत्रकारितामार्फत शेर्पा जातिको पहिचान, सभ्यता र इतिहासको प्रबद्र्धनमा योगदान पुर्याएको भन्दै शेर्पालाई सम्मान गरेको हो ।
संघको बार्षिक कार्यक्रम अन्तर्गत रेडियो नेपालमा कार्यरत शेर्पालाई नगद २५ हजारसहित सम्मान पत्रद्धारा सम्मान गरिएको पत्रकार सोनाम याङजी शेर्पाले जानकारी दिए ।
‘२१५२ सिङ मो डुल लो ग्याल्पो लोसार’ अवसरमा नेपाल शेर्पा संघले आयोजना गरेको शुभकामना आदानप्रदान तथा छ्योङ्गुलपान (चियापान) कार्यक्रमको अवसरमा पत्रकार शेर्पालाई सम्मान गरेको हो । पत्रकार शेर्पालाई आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले सम्मानपत्र र नेपाल शेर्पा संघका अध्यक्ष गेल्जे लामा शेर्पाले खादाद्धारा सम्मान गरेको नेपाल शेर्पा संघका कोषाध्यक्ष आङकाजी शेर्पाले जानकारी दिए ।
लामो समयदेखि रेडियो नेपालमा शेर्पा भाषाको कार्यक्रम र समाचार बाचन गर्दै आउनुभएका शेर्पाले शेर्पा भाषाको विकास, संरक्षण र प्रबद्र्धनका लागि योगदान दिँदै आउनुभएको छ । शेर्पालाई यसअघि शेर्पा पत्रकार संघ नेपालले बर्ष शेर्पा पत्रकारको रुपमा समेत सम्मान गरेको थियो ।
सम्मान ग्रहणपछि पत्रकार शेर्पाले आफूले समाज र समुदायका लागि गरेको योगदानको मूल्याङ्कन भएको भन्दै शेर्पा संघ अमेरिका र नेपाल शेर्पा संघलाई धन्यवाद व्यक्त गरे । सम्मानले समुदायका हितका लागि अझ शसक्त रुपमा कलम चलाउन आफूलाई प्रेरणा मिलेको उनको भनाइ छ ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू