बीमा प्राधिकरणका निर्देशकहरूको जिम्मेवारी हेरफेर

काठमाडौं । नेपाल बीमा प्राधिकरणले निर्देशकहरूको जिम्मेवारी हेरफेर गरेको छ । प्राधिकरणले निर्देशकहरुको जिम्मेवारी हेरफेर गर्दै हालै बढुवा भएका निर्देशकहरूको पदस्थापना गरेको हो ।

प्राधिकरणले आजदेखि लागू हुने गरी विभिन्न महाशाखामा नयाँ जिम्मेवारी तोकेको हो । प्राधिकरणले निर्देशक कमल प्रसाद रेग्मीलाई कानून महाशाखा तथा निर्देशक पूजन ढुंगेल (अधिकारी) लाई अनुसन्धान महाशाखाको जिम्मेवारी दिइएको छ ।

त्यस्तै, हालै बढुवा भएका निर्देशक शाम्बराज लामिछानेलाई नियमन महाशाखाको जिम्मेवारी दिइएको छ । त्यस्तै निर्देशक धुव तिमिल्सिनालाई सुपरीवेक्षण महाशाखा तोकिएको छ । निर्देशक निर्मल अधिकारीलाई बीमालेख महाशाखा र निर्देशक कुन्दन सापकोटालाई व्यवस्थापन महाशाखाको जिम्मेवारी दिइएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार