ललितपुर। खोला मापदण्ड खारेजीको माग गर्दै भोलि बिहिबार बिरोध कार्यक्रम गर्ने भएको छ । भोलि बिहान ८:३० बजे कुपन्डोल पुलमुनी जम्मा हुने कार्यक्रम तय गरिएको छ। उक्त भेला कार्यक्रमस्थलबाट बिहान ९ बजे जुलुससहित फिब्बख्य: अर्थात् माइतिघर मण्डलातर्फ प्रस्थान गरिनेछ। आयोजनामा खोला किनारका प्रभावित समुदायहरू, स्थानीय बासिन्दा, र नागरिक समाजका विभिन्न प्रतिनिधिहरूको सहभागिता रहनेछ।

अभियन्ता रामाराम ताण्डुकारका अनुसार, सरकारले लागू गरेको खोला मापदण्ड जनविरोधी छ र यसले ऐतिहासिक, सांस्कृतिक र सामाजिक रुपमा महत्वपूर्ण बस्तीहरूलाई जोखिममा पार्दैछ। खोला मापदण्डको नाममा गरिब, सीमान्तकृत समुदायको अधिकार खोस्ने काम भइरहेको ताण्डुकारले बताए।