
काठमाडौं । सोमबार सेयर बजार राताम्य भएर बन्द भएको छ । अघिल्लो दिन सामान्य बढेको नेप्से परिसूचक २६.०७ अंकले घटेर २७९८.८३ विन्दुमा पुगेको हो । यो अघिल्लो दिनको भन्दा ०.९२ प्रतिशतले कम हो ।
आज सेयर बजारमा २११ कम्पनीको सेयर मूल्य घटेको छ भने ४८ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । आज ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ६.३८ अंकले घटेर ४८०.४१ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य घटेको छ भने एउटाको सेयर मूल्य बढेको छ ।
परिसूचकसँगै आज कारोबार रकम पनि घटेको छ । आज सेयर बजारमा ३४५ कम्पनीका ३ करोड ७ लाख ९० हजार २११ कित्ता सेयर १ लाख २ हजार ७५९ पटक खरिद बिक्री हुँदा ११ अर्ब ९७ लाख ४६ हजार ९६ हजार ८८ रुपैयाँको कारोबार भएको छ ।
बजार घटेको दिन पनि ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।











समाचार
विदेशी मुद्राको सञ्चिति साढे ३७ खर्ब माथि, १९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
चालु खाता ८०२ अर्ब एवम् शोधनान्तर स्थिति ९२६ अर्बले बचतमा
रेमिट्यान्स आप्रवाह ३८ प्रतिशतले बढ्यो, ११ महिनामा २१ खर्ब बढी भित्रियो
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए
भौतिक विकासको पर्खाइमा पलगडी गाउँ
नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने
पर्यटकीय पूर्वाधारमा केन्द्रित जनकपुरधाम
गोरखामा ५८ प्रतिशत धान रोपाइँ सकियो
भदौमा मनकामना इन्जिनियरिङ्ग हाईड्रोपावरको ५४ लाख भन्दा बढी कित्ताको लकइन सकिदै
आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव, चार प्रदेशमा भारी वर्षाको सम्भावना