
काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो छैठौं वार्षिक साधारणसभा यही माघ २७ गते आइतबार गोलबजारस्थित होटल पावन मिथिला थाली प्रा. लि. मा बिहान ९ बजेका लागि बोलाएको हो ।
सभाका लागि लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश नगरेको यस संस्थाले मर्जरका लागि उपयुक्त लघुवित्त खोज्ने सहित अन्य सम्पूर्ण काम गर्न र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन् । साधारणसभा प्रयोजनका लागि संस्थाले माघ १८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । बुक क्लोजको आधारमा माघ १५ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन सक्नेछन् ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व