
काठमाडौं । आइतबार सेयर बजार परिसूचक दोहोरो अंकले बढेर कारोबार भएको छ । आज नेप्से परिसूचक २९ दशमलव ८२ अंकले बढेर २६९३ दशमलव ५५ विन्दुमा पुगेको हो । यो अघिल्लो कारोबार दिनको भन्दा १.२१ प्रतिशतले धेरै हो ।
आइतबार सेयर बजारमा २२२ कम्पनीको सेयर मूल्य बढेको छ भने २२ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ५० अंकले बढेर ४५० दशमलव ७९ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य बढेको छ भने एउटा उपसूचकको सेयर मूल्य भने घटेको छ ।
आज परिसूचकसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । अघिल्लो कारोबार दिन ५ अर्ब २२ करोड माथिको कारोबार भएको बजारमा आज ७ अर्ब ५६ करोड ८२ लाख २६ हजार १९७ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ३२३ कम्पनीका १ करोड ५५ लाख ७२ हजार ८६२ कित्ता सेयर ७६ हजार ३५४ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो । आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह