
काठमाडौं । नेपाल राष्ट्र बैंकले चाँदी आयात गर्ने उद्योग र व्यवसायीहरूका लागि विदेशी मुद्रा सटहीसम्बन्धी व्यवस्थामा नयाँ सुविधा थप गरेको छ । अब महिनामा एकपटक मात्र चाँदी आयात गर्ने उद्योगहरूले अमेरिकी डलर २० लाखसम्म र अन्य व्यवसायीहरूले अमेरिकी डलर ४ लाखसम्मको सटही सुविधा प्राप्त गर्ने भएका छन् ।
केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र–२०८१ संशोधन गर्दै चाँदी आयातको भुक्तानी सीमा र प्रक्रिया परिमार्जन गरेको हो । यससम्बन्धी परिपत्र आइतबार जारी गर्दै वाणिज्य बैंकहरूलाई कार्यान्वयनका लागि निर्देशन दिइएको छ । संशोधित व्यवस्थाअनुसार नियमित रूपमा पटक–पटक आयात नगरी महिनामा एकपटक मात्रै चाँदी आयात गर्नेहरूलाई लक्षित गरी सटही सीमा तोकिएको हो । यसले आयात प्रक्रियामा रहेको जटिलता घटाउने र बैंकिङ प्रणालीमार्फत भुक्तानी गर्न सहज वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
राष्ट्र बैंकका अनुसार नयाँ व्यवस्थाले चाँदी व्यवसायमा संलग्न उद्योग तथा व्यवसायीहरूलाई कच्चा पदार्थ आयातमा सहजीकरण गर्नेछ । साथै, वैदेशिक मुद्रा व्यवस्थापनलाई व्यवस्थित राख्दै वास्तविक व्यवसायिक आवश्यकताअनुसार सटही सुविधा उपलब्ध गराउने उद्देश्य लिइएको छ ।













समाचार
पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण
कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण
आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम
ढिलो होला तर गलत हुँदैन, नआत्तिनुहोस्: प्रधानमन्त्री बालेन्द्र शाह
एभरेष्टट करलको सेयर मूल्यमा २७ प्रतिशतको वृद्धि
लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
सातामा करिब साढे १ प्रतिशत घट्यो नेप्से, औषत कारोबार ४ अर्ब २९ करोड
झापामा राष्ट्रिय परिचयपत्रमार्फत नयाँ मतदाता थप
सुनको मूल्य एक हप्तामै १२ हजार ९०० रुपैयाँले बढ्यो, तोलाको कतिमा भइरहेको छ कारोबार ?
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना