
काठमाडौं । जीवन बीमा कम्पनीहरुको पोलिसी सरेण्डर रकम रकम पछिल्लो समय घट्दै गएको छ । बीमा प्राधिकरणको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा पोलिसी सरेण्डर बापतको रकम २३.७७ प्रतिशतले घटेको हो ।
नेपालमा सञ्चालित रहेका जीवन बीमा कम्पनीहरुबाट चालु आर्थिक वर्षको पुस महिनासम्ममा सरेण्डरमार्फत साढे ५ अर्बबढी रुपैयाँ बाहिरिएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको दोस्रो त्रैमास अर्थात पुस महिनासम्ममा जीवन बीमा कम्पनीहरुबाट ५ अर्ब ६९ करोड २१ लाख रुपैयाँ बाहिरिएको छ । यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा २३.७७ प्रतिशत कम हो । गत आवको पुस महिनासम्म जीवन बीमा कम्पनीहरुबाट पोलिसी सरेण्डरमार्फत सात अर्ब ४६ करोड ६६ लाख रुपैयाँ बाहिरिएको थियो ।
सरेण्डर रकमसँगै बीमालेख त्याग गर्नेको संख्या पनि गत आवको तुलनामा घटेको छ । गत आवको पुस महिनासम्म ५४ हजार ४१४ जनाले बीमालेख सपर्मण गरेकोमा चालु आवको पुस महिनासम्म भने ५१ हजार ०७७ जनाले मात्रै पोलिसी समर्पण गरेका छन् । यस हिसाबमा बीमालेख समर्पण संख्या ६.१४ प्रतिशतले घटेको छ ।
त्यस्तै, जीवन बीमकहरुमा व्यतित बीमालेख रकम (नविकरण नगरिएको रकम) भने ४.५३ प्रतिशतले बढेको छ । गत आवको पुस महिनासम्ममा बीमालेख नविकरण नगरिएको रकम ३६ अर्ब १६ करोड ८९ लाख रुपैयाँ रहेकोमा चालु आवको सो अवधिसम्म ३७ अर्ब ८० करोड ७६ लाख रुपैयाँ रहेको छ । यता व्यतित बीमालेखको संख्या पनि ०.१७ प्रतिशत बढेर १२ लाख ३१ हजार ६५० वटा पोलिसी नविकरण भएका छैनन् । गत आवको सोही अवधिसम्म यस्तो संख्या १२ लाख २८ हजार ५०६ रहेका थिए ।
जीवन बीमा कम्पनीहरुमा पोलिसी सरेण्डरदर कम भएपनि व्यतित भएका बीमालेख संख्या र रकम बढ्दै गइरहेको छ । यस्तो दर बढ्दै जाँदा बीमा कम्पनीहरुको व्यवसायमा प्रतिकुल असर पार्ने देखिन्छ । नियामक निकाय नेपाल बीमा प्राधिकरण, जीवन बीमा कम्पनी र अभिकर्ताहरुको अथक प्रयास र जनचेतनाका कारण पोलिसी सरेण्डरदर घट्न सफल भएको छ । केही समययता पोलिसी सरेण्डरको अवस्था भयाभह रहेको थियो ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व