काडमाडौं । आइतबार सेयर बजार परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक ३ दशमलव ५८ अंकले बढेर २६६१ दशमलव ६० विन्दुमा पुगेको हो ।
आज सेयर बजारमा १०४ कम्पनीको सेयर मूल्य बढेको छ भने १४१ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ८१ अंकले बढेर ४२९ दशमलव ०८ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ परिसूचकमध्ये ७ वटाको सेयर मूल्य घटेको छ भने ६ वटाको बढेको छ ।
आज परिसूचकसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । अघिल्लो कारोबार दिन ७ अर्ब ८७ करोड माथिको कारोबार भएको बजारमा आज १० अर्ब ८७ करोड ५९ लाख ९१ हजार १४४ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज सेयर बजारमा ३१४ कम्पनीका २ करोड ८४ लाख ३८ हजार ४२८ कित्ता सेयर ८९ हजार १६१ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो ।
आज सेयर बजारमा २ कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लागेर कारोबार भएको छ । त्यस्तै एक कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेर कारोबार भएको छ ।
दुई कम्पनीमा सकारात्मक सर्किट
आइतबार सेयर बजार सामान्य अंकले बढेर कारोबार हुँदा दुई लघुबीमा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको हो ।
आज नेपाल माइक्रो लाइफ र क्रेस्ट माइक्रो लाइफको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर कारोबार भएको हो । आज नेपाल माइक्रोको सेयर मूल्य ९४ रुपैयाँ ७० पैसाले बढेर १ जार ४२ रुपैयाँ ५० पैसा पुगेको छ । त्यस्तै क्रेस्ट माइक्रो लाइफको सेयर मूल्य ७८ रुपैयाँ ३० पैसाले बढेर ८६१ रुपैयाँ ९० पैसा पुगेको छ । यी दुई कम्पनीको सेयर मूल्य कारोबार भएको दिनदेखि लगातार रुपमा सकारात्मक सर्किट लागेर कारोबार भइरहेको छ ।
आज धेरै मूल्य बढ्ने शीर्ष पाँच कम्पनीमा भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी, ङादी ग्रुप पावर लिमिटेड र सानिमा माइ हाइड्रोपावर लिमिटेड छन् । आज भूगोल इनर्जीको सेयर मूल्य ५८ रुपैयाँ ४३ पैसाले बढेर ८२३ रुपैयाँ ८९ पैसा पुगेको छ । जुन अघिल्लो कारोबारभन्दा ७.६३ प्रतिशतले धेरै हो ।
त्यस्तै आज ङादी ग्रुपको सेयर मूल्य पनि ७.५५ प्रतिशत अर्थात् २५ रुपैयाँ ६९ पैसाले बढेर ३६६ रुपैयाँ १६ पैसा पुगेको छ । सानिमा माइको सेयर मूल्य आज ३६ रुपैयाँ ९२ पैसाले बढेर ५५० रुपैयाँ ३३ पैसा पुगेको छ । यो अघिल्लो कारोबारभन्दा ७.१९ प्रतिशतले धेरै हो ।
विन नेपाल लघुवित्तमा नकारात्मक सर्किट
आइतबार सेयर बजार सामान्य अंकले बढेर कारोबार हुँदा पनि विन नेपाल लघुवित्तको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । आज विन नेपालको सेयर मूल्य ३०५ रुपैयाँ ७१ पैसाले घटेर २ हजार ७५२ रुपैयाँ १० पैसा पुगेको छ । यो अघिल्लो कारोबारभन्दा १० प्रतिशतले कम हो ।
आज धेरै मूल्य घट्ने पाँच कम्पनीमा नारायणी डेभलपमेन्ट बैंक, अपर सोलु हाइड्रो इलेक्ट्रिसिटी कम्पनी, हिमालयन हाइड्रोपावर र सिर्जनशील लघुवित्त रहेका छन् । आज नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य ८६ रुपैयाँ ४० पैसाले घटेर १ हजार ६३३ रुपैयाँ २४ पैसा पुगेको छ । यो अघिल्लो कारोबारभन्दा ५.०२ प्रतिशतले कम हो ।
आज अपर सोलु हाइड्रो इलेक्ट्रिसिटीको सेयर मूल्य पनि ४.२६ प्रतिशत अर्थात् २२ रुपैयाँ ०७ पैसाले घटेर ४९५ रुपैयाँ ७५ पैसा पुगेको छ । आज हिमालयन हाइड्रोपावरको सेयर मूल्य पनि १६ रुपैयाँ ६९ पैसाले घटेर ४४७ रुपैयाँ ७६ पैसा पुगेको छ ।
जुन अघिल्लो दिनको भन्दा ३.५९ प्रतिशतले कम हो । आज सिर्जनशील लघुवित्तको सेयर मूल्य ७१ रुपैयाँ ४६ पैसाले घटेर २ हजार २६ रुपैयाँ ९७ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ३.४१ प्रतिशतले कम हो ।