
काठमाडौं । साताको कारोबार हुने अन्तिम दिन सेयर बजारमा एकल अंकको करेक्सन देखिएको छ । अघिल्ला दुई दिन दोहोरो अंकले बढेको बजार आज ८ अंकभन्दा बढीले घटेको हो ।
आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक ८.३० अंकले घटेर २७४८.०५ विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका ५० कम्पनीको सेयर मूल्य बढेको छ भने १९४ कम्पनीको सेयर मूल्य भने घटेको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि आज ३ दशमलव ३८ अंकले घटेर ४७७.५० विन्दुमा पुगेको छ । आज १३ परिसूचकमध्ये ३ उपसूचकको सेयर मूल्य मात्रै बढेको छ भने बाँकी १० उपसूचकको सेयर मूल्य घटेको छ ।
परिसूचकसँगै आज कारोबार रकममा पनि सामान्य गिरावट आएको छ । अघिल्लो दिन ९ अर्बभन्दा माथिको कारोबार भएको बजारमा आज साढे ८ अर्बभन्दा माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३०७ कम्पनीका १ करोड ६६ लाख ६३ हजार ३५५ कित्ता सेयर ८३ हजार १२८ पटक खरिद बिक्री हुँदा ८ अर्ब ५४ कारोड ५५ लाख २५ हजार ३७३ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै एक कम्पनीको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह