
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण एशिया क्षेत्रीय उपाध्यक्ष जोहानेस जुटबीच अर्थ मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ।
भेटमा नेपालका आर्थिक सूचक, पूर्वाधार विकास, लगानी, पर्यटन, वातावरण लगायतका विषयमा छलफल भएको हो। नेपालका आर्थिक सूचकहरू अघिल्लो वर्षको तुलनामा उल्लेखनीय रूपमा सुधार भएको जानकारी दिँदै नीतिगत, संरचनागत र कार्यान्वयन पक्षमा सरकारले महत्वपूर्ण प्रगति गरेको बताए। उनले विश्व बैंकले आगामी ६ वर्षका लागि तयार पारेको कन्ट्री पार्टनरसीप फ्रेमवर्क नेपालको विकास प्राथमिकता र आवश्यकता अनुसार तयार भएको उल्लेख गर्दै, यस फ्रेमवर्कअनुरूप परियोजना र कार्यक्रमहरू निर्माणमा सहकार्य गर्न सरकार तयार रहेको बताए।
पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक हाल प्रतिनिधिसभाबाट पारित भई राष्ट्रिय सभामा छलफलमा रहेको जानकारी गराउँदै, सो विधेयक पारित भएपछि निजी क्षेत्रसँग मिलेर प्रतिफल दिने पूर्वाधार परियोजनामा लगानी गर्ने मार्ग प्रशस्त हुने विश्वास व्यक्त गरे। साथै,उनले विधेयक कार्यान्वयनमा विश्व बैंकको सहयोगको अपेक्षा गरे ।
भेटमा विश्व बैंकका उपाध्यक्ष जुटले नेपालको अर्थतन्त्रमा देखिएको सुधार सकारात्मक संकेत भएको बताउँदै, नेपालमा दिगो र उच्च आर्थिक वृद्धिका लागि विश्व बैंकको सहयोग निरन्तर रहने बताए। उनले लुम्बिनी, काठमाडौं उपत्यकाको शहरी पूर्वाधार विकास, वातावरणीय प्रदूषण न्यूनीकरण तथा आर्थिक वृद्धि प्रवर्द्धन जस्ता क्षेत्रमा विशेष सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले पूर्वाधार क्षेत्रमा लगानी विस्तार गर्न वैकल्पिक विकास वित्त कानून महत्त्वपूर्ण हुने धारणा राख्दै, यसले निजी क्षेत्रको सहभागिता आकर्षित गर्ने र आर्थिक वृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे। साथै, नेपालले लगानीमैत्री वातावरण निर्माण गर्दै उत्पादकत्व वृद्धि र निजी क्षेत्रको सक्रिय सहभागितामा जोड दिनुपर्ने सुझावसमेत दिए।












समाचार
अर्थ मन्त्रालयका महत्त्वपूर्ण दुई विभागमा नयाँ नेतृत्व
नेपाल स्टक एक्सचेन्जका सीईओको राजीनामा स्वीकृत
नेपाल सरकार र एसियाली विकास बैंकबीच सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर
झोलुङ्गे पुल पर्यटकीय गन्तव्य बन्दै
केही प्रेरक भनाइहरु, जसले हाम्रो सोंच बदल्छ
बागलुङको तरकारी पोखरामा बिक्री
नाडेप लघुवित्तको १३औँ साधारणसभा सम्पन्न
श्रावण २६ देखी ३१ सम्म भृकुटींमण्डपमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ हुने तयारी पुरा
नेप्सेको सीईओ चापागाईद्धारा राजिनामा
अर्थमन्त्री वाग्ले र एडीबीका अध्यक्ष कान्डाबीच भेटवार्ता