सेयर बजारमा झिनो अंकले घट्यो, कारोबार ३ अर्ब ७८ करोड

काठमाडौं । यो साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक झिनो अंकले घटेर बन्द भएको छ । अघिल्लो दिन उच्च अंकले घटेको सेयर बजार आज पनि १.०४ अंकले घटेको हो ।

आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २५५७.३१ विन्दुमा पुगेको छ । कारोबार समयमा सेयर बजार २५१८ विन्दुसम्म पुगेर फर्केको थियो । आज सेयर बजारमा १४६ कम्पनीको सेयर मूल्य बढेको छ भने ११८ कम्पनीको सेयर मूल्य घटेको छ । आज १५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

आज सेन्सेटिभ इन्डेक्स पनि ०.५४ अंकले घटेर ४५१.१२ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ उपसूचकमध्ये ७ वटाको सेयर मूल्य बढेको छ भने ६ वटा उपसूचकको सेयर मूल्य घटेको छ । परिसूचक घटेको दिन कारोबार रकम भने ३ अर्बमा सिमित रहेको छ । आज ३४८ कम्पनीका १ करोड ६ लाख २६ हजार ३७० कित्ता सेयर ५२ हजार ५७५ पटक खरिद बिक्री हुँदा ३ अर्ब ७८ करोड ६४ लाख ५५ हजार ७० रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट