
काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले सूचना जारी गर्दै एक जना संस्थापक सेयरधनी किशोरी थापाको नाममा रहेको ५६ हजार ४३५ कित्ता सेयर बिक्रीमा राखेको हो ।
उक्त सेयरमा कम्पनीका हाल कायम संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउने जनाइएको छ । इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको मितिले ३५ दिन भित्र आवेदन दिनु पर्ने छ । इच्छुक संस्थापक सेयरधनीहरुले आवश्यक कागजात प्रमाण संलग्न गरी वित्तीय संस्थाको कर्पोरेट कार्यालय महालक्ष्मी –०४, ललितपुर वा सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड काठमाडौं–१, नागपोखरी नक्सालमा आफूले खरिद गर्ने सेयर कित्ता संख्याको व्यहोरा खुलाई निवेदन दिनु पर्ने कम्पनीले जनाएको छ ।
तोकिएको म्याद भित्र हाल कायम संस्थापक सेयरधनीहरुबाट निवेदन पेश हुन नआएमा प्रचलित नियमानुसार संस्थापक सेयरधनी बाहेकका अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्रीका लागि आवश्यक कारवाही अघि बढाइने कम्पनीले जनाएको छ ।













समाचार
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको आग्रह
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको १ करोड १ लाख सहयोग
एमएडब्लू ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग
रसुवा बाढी : ९३९ जनाको शव फेला, ३ हजार ९२५ बेपत्ता
रसुवागढीमा बाढीपछि तातोपानी नाका पनि बन्द
एकै दिन अर्थमन्त्रीमार्फत दाताले दिए प्रधानमन्त्री राहत कोषका लागि ६० करोड सहयाेग
मोबाइल बैंकिङ्ग एपबाट सिधै ‘प्रधानमन्त्री राहत कोष’ मा रकम पठाउने व्यवस्था गर्न बैंक तथा बित्तिय संस्थालाइ नेपाल राष्ट्र बैंकको निर्देशन
बालश्रम अन्त्यका लागि सरोकारवालाहरु बीच सहकार्यमा जोड
रास्वपा सभापति रवि लामिछाने र राष्ट्रपति पौडेलबिच भेट रसुवा बाढीको बारेमा ब्रिफिङ
सन्दीपको सानदार बलिङमा नेपालको सहज जित