
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको नाफा साढे ४ अर्ब नाघेको छ । बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा ४ अर्ब ५४ करोड रुपैयाँ पुगेको हो ।
चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा बैंकको यस्तो नाफा गत आवको सोहि अवधिको भन्दा ३८.६१ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको यस्तो नाफा ३ अर्ब २७ करोड रुपैयाँ रहेको थियो ।
खुद ब्याज आम्दानी घटेपनि इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.५० प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ३३.२४ प्रतिशत बढेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १.६५ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा २२.२६ प्रतिशत बढेको छ । समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ३ अर्ब ४ करोडबाट घटेर १ अर्ब १९ करोडमा सीमित भएको छ। जसका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो ।
नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ४ रुपैयाँ ९४ पैसा बढेर १७ रुपैयाँ ७४ पैसा पुगेको छ। चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य आम्दानी १ अर्ब १० करोड रुपैयाँ ऋणात्मक रहेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ११.९२ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १९० रुपैयाँ पैसा रहेको छ ।
३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ३० अर्ब ८४ करोड ९४ लाख रुपैयाँ सञ्चित छ । बैंकको तेस्रो त्रैमासको अन्त्यसम्ममा ४ खर्ब ५५ अर्ब ८९ करोड ९ लाख रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब २७ अर्ब ८२ करोड ३४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।













समाचार
यूनाइटेड अजोड इन्स्योरेन्सको अवितरित हकप्रद सेयर लिलाम बिक्रीमा
‘स्ट्रेट अफ होर्मुज’मा अमेरिकाद्धारा आक्रमण : जवाफ दिने इरानको चेतावनी
सिद्धार्थ बैंकको ४२ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
विश्वकप फुटबल : क्वाटरफाइनल समिकरण पुरा, युरोपका ६ टोलि अन्तिम ८ मा
पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना
भेरी करिडोर : पुल र सडक कहिले होलान् पूरा ?
गुन्द्रुकले बदलेको ग्रामीण महिलाको जीवनस्तर
कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै स्विट्जरल्यान्ड ७२ वर्षपछि क्वार्टरफाइनलमा प्रवेश
धरान औद्योगिक क्षेत्रमा पाँच नयाँ उद्योग थपिए
पुनरागमन जित निकाल्दै अर्जेन्टिना क्वार्टरफाइनलमा प्रवेश