
काठमाडौं । ब्राजिलका चर्चित फुटबलर रोबर्टाे कार्लाेस नेपाल आउँदैछन् । यसअघि उनी गएको शुक्रवार नेपाल आउने तय भएकोमा बिरामी भएका कारण स्थगित भएको थियो ।
त्रिपुरेश्वरको दशरथ रङ्गशालामा चलिरहेको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा उनी अतिथिका रूपमा नेपाल आउन लागेका हुन् । उनले भोलि हुने दोस्रो क्वालिफायर रङ्गशालामा पुगेर हेर्ने एनएसएलले जनाएको छ । दोस्रो क्वालिफायरमा भोलि फाइनल प्रवेशको लागि पोखरा थन्डर्स र धनगढी एफसी खेल्दैछन् । ललितपुर सिटी यसअघि फाइनलमा पुगिसकेको छ । फाइनल खेल आउँदो शनिवार हुनेछ । रोबर्टाे कार्लाेसले आजै ठमेलको एलओडी क्लबमा पनि विशेष उपस्थिति जनाउने छन् ।
सन् २००२ मा ब्राजिलले विश्व कप जित्दा कार्लाेस प्रमुख खेलाडी थिए । कार्लाेसले १ सय २५ अन्तर्राष्ट्रिय खेलमा ११ गोल गरेका छन् । यस्तै उनले क्लबबाट ७ सय ५६ खेलमा ९७ गोल गरेका छन् ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व