मंगलबारको सेयर बजार : परिसूचकसँगै कारोबार रकममा पनि गिरावट

काठमाडौं । सेयर बजार परिसूचक मंगलबार करिब १० अंकले घटेर कारोबार बन्द भएको छ । साताको सेयर कारोबार हुने तेस्रो दिन मंगलबार सेयर बजार ९ दशमल ९६ अंकले घटेर २६८८ दशमलव ३२ बिन्दुमा पुगेको हो ।

आज सेयर बजारमा १६० कम्पनीको सेयर मूल्य घटेको छ भने ८६ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै एक कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ९१ अंकले घटेर ४५१ दशमलव ८९ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये १० वटाको सेयर मूल्य घटेको छ भने ३ वटाको सेयर मूल्य बढेको छ ।

परिसूचसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिन ८ अर्ब ७७ करोड माथिको कारोबार भएको बजारमा आज ८ अर्ब ३२ करोड १२ लाख ८२ हजार १८८ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ३१९ कम्पनीका २ करोड २५ लाख ५५ हजार ७१३ कित्ता सेयर ७१ हजार ६९४ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो ।

आज सेयर बजारमा २ कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लागेको छ । त्यस्तै एक कम्पनीको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेर कारोबार बन्द भएको छ ।

२ कम्पनीमा सकारात्मक सर्किट

मंगलबार नेप्से परिसूचक सामान्य अंकले घटेको दिन २ कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । आज सेयर बजारमा नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । आज नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्य ७१ रुपैयाँ २० पैसाले बढेर ७८३ रुपैयाँ ४० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले बढी हो । त्यस्तै आज क्रेस्ट माइक्रो लाइफको सेयर मूल्य ९.९८ प्रतिशत अर्थात् ५८ रुपैयाँ ८० पैसा पुगेको छ ।

त्यस्तै आज धेरै मूल्य बढ्ने शीर्ष पाँच कम्पनीमा मकर जितुमाया सुरु हाइड्रोपावर, ग्रिनलाइफ हाइड्रोपावर लिमिटेड र नेपाल रि इन्स्योरेन्स कम्पनी लिमिटेड छन् । आज जितुमाया सुरीको सेयर मूल्य ५४ रुपैयाँ ४६ पैसाले बढेर ७८३ रुपैयाँ ७९ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ७.४७ प्रतिशतले बढी हो ।

आज ग्रिन लाइफको सेयर मूल्य १३ रुपैयाँ ७१ पैसाले बढेर २७२ रुपैयाँ ६० पैसा पुगेको छ । यो अघिल्लो दिदनको भन्दा ५.३० प्रतिशतले बढी हो । त्यस्तै नेपाल रिको सेयर मूल्य ६० रुपैयाँ २५ पैसाले बढेर १ हजार ३०९ रुपैयाँ ९४ पैसा पुगेको छ। यो अघिल्लो दिनको भन्दा ४.८३ प्रतिशतले धेरै हो ।

कर्पोरेट डेभलपमेन्ट बैंकमा नकारात्मक सर्किट

मंगलबार सेयर बजार एकल अंकले घटेर कारोबार बन्द हुँदा एउटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आज १६० कम्पनीको सेयर मूल्य घट्दा कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो । आज कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य २७४ रुपैयाँ ६० पैसाले घटेर २ हजार ४७१ रुपैयाँ ९० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले कम हो । त्यस्तै आज धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनीमा एनआइसी एसिया ब्यालेन्स फण्ड, ङादी ग्रुप पावर, हाइड्रो इलेक्ट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी र युनिक हाइड्रोपावर छन् । आज एनआइसी एसिया ब्यालेन्स फण्डको सेयर मूल्य ५.१८ प्रतिशत अर्थात् ०.४८ रुपैयाँले घटेर ८ रुपैयाँ ७८ पैसा पुगेको छ ।

त्यस्तै आज ङादी ग्रुपको सेयर मूल्य १३ रुपैयाँ १४ पैसाले घटेर ३२५ रुपैयाँ ९२ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ३.८८ प्रतिशतले कम हो । आज हाइड्रो इलेक्ट्रिसिटीको सेयर मूल्इ ३.७९ प्रतिशत अर्थात् १२ रुपैयाँ ३२ पैसाले घटेर ३१२ रुपैयाँ ८७ पैसा पुगेको छ । आज युनिक हाइड्रोको सेयर मूल्य पनि १३ रुपैयाँ १९ पैसाले घटेर ३३६ रुपैयाँ ०२ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ३.७८ प्रतिशतले कम हो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार