
काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्म रु तीन अर्ब ५७ करोड बराबरको चिया निर्यात गरिएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले यस वर्ष चियाको निर्यात रु चार अर्ब ५० करोड हाराहारीमा पुग्ने अनुमान रहेको जनाएको हो ।
बोर्डका अधिकृत चन्द्र पुरीले नेपालको चिया क्षेत्रले करिब ६० हजार रोजगारी सिर्जना गरेको र १७१ ‘टि स्टेट’ र साना मझौला गरी १२० वटा चिया प्रशोधन केन्द्र रहेको जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०८०/८१ मा देशभर कुल २० हजार ७६० हेक्टर जमिनमा चियारोपण गरिएको थियो । त्यस अवधिमा दुई करोड ७० लाख किलोग्राम तयारी चिया उत्पादन भएको छ । नेपालमा १५ हजार २०३ चिया कृषकहरू छन् ।
अधिकृत पुरीले अघिल्लो आवमा रु तीन अर्ब ६३ करोड बराबरको एक करोड ६५ लाख केजी चिया निर्यात गरेको जानकारी दिए । यसैबीच २९औँ राष्ट्रिय चिया दिवसका अवसरमा बोर्डले सोमबार पुल्चोकस्थित हरिहरभवनमा चिया प्रदर्शनी गर्ने जनाएको छ । नेपाली चियालाई अन्तरराष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको बोर्डले जनाएको छ ।
त्यस क्रममा देशका विभिन्न जिल्लाहरूमा उत्पादन हुने चिया एकै ठाउँमा प्रदर्शन गरी चिया कृषक, मजदुर, सहकारी, उद्योगी÷व्यवसायी, सरोकार भएका संघसंस्थाका प्रतिनिधिबीच छलफल गरिने बोर्डका अधिकृत पुरीले जानकारी दिनुभयो । यसवर्ष ‘स्वस्थ चिया, दिगो बजार, समृद्ध नेपालको आधार’ मूल नाराका साथ दिवस आयोजना हुँदैछ ।













समाचार
पेट्रोलियम पदार्थको मूल्य यथावत
पूर्वाधारसँगै कृषि र पशुपालनमा जोड दिँदै म्याग्दे
क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन
रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो
चिनाखेतवासीलाई पहिरोले दिएको पीडा
स्थापना भएको २७ वर्षपछि सघन उपचार कक्ष सञ्चालन
भोटेकोशी–त्रिशूली बाढीमा क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा
पहिरो प्रभावितलाई श्रमदानबाट अस्थायी आवास
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै