काठमाडौं । मंगलबार पनि सेयर बजार परिसूचक दोहोरो अंकले घटेर कारोबार बन्द भएको छ । अघिल्लो दिन पनि घटेको बजार आज पनि १५ दशमलव ०८ अंकले घटेर कारोबार बन्द भएको हो ।
आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ९३ अंकले घटेर ४४३ दशमलव ५४ विन्दुमा पुगेको छ । आज १३ उपसुचकमध्ये १२ उपसूचकको सेयर मूल्य घटेको छ भने १ वटाको मात्रै बढेको छ । आज १८८ कम्पनीको सेयर मूल्य घटेको छ भने ५७ कम्पनीको सेयर मूल्य बढेको छ ।
आज परिसूचसँगै कारोबार रकममा पनि कमी आएको छ । अघिल्लो दिन ८ अर्ब ९१ करोड माथिको कारोबार भएको बजारमा आज ७ अर्ब ५७ करोड ५२ लाख ६ हजार २७८ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ३११ कम्पनीका १ करोड ८४ लाख ९१ हजार ९४१ कित्ता सेयर ६६ हजार २६५ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको छ । आज सेयर बजारमा २ कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।
दुई कम्पनीमा सकारात्मक सर्किट
मंगलबार सेयर बजार परिसूचक घटेर कारोबार हुँदा ५७ कम्पनीको सेयर मूल्य बढेर कारोबार भएको छ । बजार घट्दा पनि आज २ कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेर कारोबार भएको हो ।
आज सेयर बजारमा क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स र नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज क्रेस्ट माइक्रो लाइफको सेयर मूल्य रुपैयाँ ९० पैसाले बढेर १ हजार ४२ रुपैयाँ ८० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले बढी हो । त्यस्तै आज नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्य पनि ११४ रुपैयाँ ६० पैसाले बढेर १ हजार २६१ रुपैयाँ ३० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले धेरै हो ।
आज धेरै सेयर मूल्य बढ्ने शीर्ष पाँच कम्पनीमा भूगोल इनर्जी डेभलपमेन्ट बैंक, राधी विद्युत कम्पनी र कर्पोरेट डेभलपमेन्ट बैंक रहेका छन् । आज भूगोल इनर्जीको सेयर मूल्इ ९.०१ प्रतिशत अर्थात् ७१ रुपैयाँ ३२ पैसाले बढेर ८६२ रुपैयाँ ६२ पैसा पुगेको छ । त्यस्तै आज राधी विद्युतको सेयर मूल्य ७ प्रतिशत अर्थात् ४३ रुपैयाँ २५ पैसाले बढेर ६६१ रुपैयाँ ३० पैसा पुगेको छ । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य १४७ रुपैयाँ ७६ पैसाले बढेर २ हजार ३७६ रुपैयाँ ६३ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ६.६३ प्रतिशतले बढी हो ।
तीन हाइड्रोपावर र दुई विकास बैंकको सेयर मूल्य सबै भन्दा धेरै घट्यो
मंगलबार सेयर बजार परिसूचक घटेर कारोबार हुँदा १८८ कम्पनीको सेयर मूल्य घटेको छ । १८८ कम्पनीमध्ये आज सबै भन्दा धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनीमा तीन वटा हाइड्रोपाव र दुई वटा विकास बैंक रहेका छन् ।
आजको कारोबार बन्द हुँदा मध्यभोटेकोशी जलविद्युत कम्पनी, ग्रिन लाइफ हाइड्रो पावर र हिमालयन हाइड्रोपावर तथा ग्रिन डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको सेयर मूल्य सबै भन्दा धेरै घटेको छ । आज मध्येभोटेकोशीको सेयर मूल्य ३६ रुपैयाँ ३८ पैसाले घटेर ३३१ रुपैयाँ ७८ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.८८ प्रतिशतले कम हो । त्यस्तै आज ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्य १०८ रुपैयाँ ९८ पैसाले घटेर १ हजार २९५ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ७.७६ प्रतिशतले कम हो ।
आज सिन्धु विकास बैंकको सेयर मूल्य ६.६३ प्रतिशत अर्थात् ६८ रुपैयाँ ९० पैसाले घटेर ९७० रुपैयाँ ३७ पैसा पुगेको छ । आज ग्रिन लाइफ हाइड्रोको सेयर मूल्य आज १२ रुपैयाँ ९० पैसाले घटेर २६८ रुपैयाँ १४ पैसा पुगेको छ । जुन अघिल्लो दिनको भन्दा ४.५९ प्रतिशतले कम हो । आज हिमालयन हाइड्रोको सेयर मूल्य १७ रुपैयाँ ६५ पैसाले घटेर ४१७ रुपैयाँ १० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ४.०६ प्रतिशतले कम हो ।