
काठमाडौं । मंगलबार पनि सेयर बजार परिसूचक दोहोरो अंकले घटेर कारोबार बन्द भएको छ । अघिल्लो दिन पनि घटेको बजार आज पनि १५ दशमलव ०८ अंकले घटेर कारोबार बन्द भएको हो ।
आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ९३ अंकले घटेर ४४३ दशमलव ५४ विन्दुमा पुगेको छ । आज १३ उपसुचकमध्ये १२ उपसूचकको सेयर मूल्य घटेको छ भने १ वटाको मात्रै बढेको छ । आज १८८ कम्पनीको सेयर मूल्य घटेको छ भने ५७ कम्पनीको सेयर मूल्य बढेको छ ।
आज परिसूचसँगै कारोबार रकममा पनि कमी आएको छ । अघिल्लो दिन ८ अर्ब ९१ करोड माथिको कारोबार भएको बजारमा आज ७ अर्ब ५७ करोड ५२ लाख ६ हजार २७८ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ३११ कम्पनीका १ करोड ८४ लाख ९१ हजार ९४१ कित्ता सेयर ६६ हजार २६५ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको छ । आज सेयर बजारमा २ कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।
दुई कम्पनीमा सकारात्मक सर्किट
मंगलबार सेयर बजार परिसूचक घटेर कारोबार हुँदा ५७ कम्पनीको सेयर मूल्य बढेर कारोबार भएको छ । बजार घट्दा पनि आज २ कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेर कारोबार भएको हो ।
आज सेयर बजारमा क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स र नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज क्रेस्ट माइक्रो लाइफको सेयर मूल्य रुपैयाँ ९० पैसाले बढेर १ हजार ४२ रुपैयाँ ८० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले बढी हो । त्यस्तै आज नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्य पनि ११४ रुपैयाँ ६० पैसाले बढेर १ हजार २६१ रुपैयाँ ३० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले धेरै हो ।
आज धेरै सेयर मूल्य बढ्ने शीर्ष पाँच कम्पनीमा भूगोल इनर्जी डेभलपमेन्ट बैंक, राधी विद्युत कम्पनी र कर्पोरेट डेभलपमेन्ट बैंक रहेका छन् । आज भूगोल इनर्जीको सेयर मूल्इ ९.०१ प्रतिशत अर्थात् ७१ रुपैयाँ ३२ पैसाले बढेर ८६२ रुपैयाँ ६२ पैसा पुगेको छ । त्यस्तै आज राधी विद्युतको सेयर मूल्य ७ प्रतिशत अर्थात् ४३ रुपैयाँ २५ पैसाले बढेर ६६१ रुपैयाँ ३० पैसा पुगेको छ । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य १४७ रुपैयाँ ७६ पैसाले बढेर २ हजार ३७६ रुपैयाँ ६३ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ६.६३ प्रतिशतले बढी हो ।
तीन हाइड्रोपावर र दुई विकास बैंकको सेयर मूल्य सबै भन्दा धेरै घट्यो
मंगलबार सेयर बजार परिसूचक घटेर कारोबार हुँदा १८८ कम्पनीको सेयर मूल्य घटेको छ । १८८ कम्पनीमध्ये आज सबै भन्दा धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनीमा तीन वटा हाइड्रोपाव र दुई वटा विकास बैंक रहेका छन् ।
आजको कारोबार बन्द हुँदा मध्यभोटेकोशी जलविद्युत कम्पनी, ग्रिन लाइफ हाइड्रो पावर र हिमालयन हाइड्रोपावर तथा ग्रिन डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको सेयर मूल्य सबै भन्दा धेरै घटेको छ । आज मध्येभोटेकोशीको सेयर मूल्य ३६ रुपैयाँ ३८ पैसाले घटेर ३३१ रुपैयाँ ७८ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.८८ प्रतिशतले कम हो । त्यस्तै आज ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्य १०८ रुपैयाँ ९८ पैसाले घटेर १ हजार २९५ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ७.७६ प्रतिशतले कम हो ।
आज सिन्धु विकास बैंकको सेयर मूल्य ६.६३ प्रतिशत अर्थात् ६८ रुपैयाँ ९० पैसाले घटेर ९७० रुपैयाँ ३७ पैसा पुगेको छ । आज ग्रिन लाइफ हाइड्रोको सेयर मूल्य आज १२ रुपैयाँ ९० पैसाले घटेर २६८ रुपैयाँ १४ पैसा पुगेको छ । जुन अघिल्लो दिनको भन्दा ४.५९ प्रतिशतले कम हो । आज हिमालयन हाइड्रोको सेयर मूल्य १७ रुपैयाँ ६५ पैसाले घटेर ४१७ रुपैयाँ १० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ४.०६ प्रतिशतले कम हो ।












समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू