फर्स्ट माइक्रोफाइनान्सको नाफा ४५ प्रतिशतले घट्यो

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले नाफा भारी गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको तुलनामा नाफा ४५.७७ प्रतिशतले घटेको हो ।

चालु आर्थिक वर्षको ९ महिनासम्मको अवधिमा ७ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिसम्म १३ करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको थियो । खुद नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि १४ रुपैयाँ ८ पैसाबाट घटेर ७ रुपैयाँमा झरेको छ भने वितरणयोग्य नाफा (लाभांश क्षमता) पनि साढे ९ करोड रुपैयाँबाट घटेर ५ करोड १९ लाख रुपैयाँमा झरेको छ ।

कम्पनीको निष्क्रिय कर्जा ३.१२ प्रतिशतबाट बढेर ४.७८ प्रतिशत पुग्दा खुद ब्याज आम्दानी २५ करोड ३० लाख रुपैयाँबाट घटेर १५ करोड ७० लाख रुपैयाँमा झरेको छ । समीक्षा अवधिमा कम्पनीको सञ्चालन नाफा पनि १८ करोड ७८ लाख रुपैयाँबाट १० करोड १५ लाख रुपैयाँ झरेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ ७२ पैसा छ ।

१ अर्ब साढे ३४ करोड चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ५ करोड ३३ लाख रुपैयाँ र रिजर्भमा साढे ३० करोड रुपैयाँभन्दा बढी रहेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार