
काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनासम्मको अवधिमा सानिमा जिआईसी इन्स्योरेन्सको नाफा १६ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपष्किृत वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको तुलनामा १६.२१ प्रतिशतले नाफा बढेको हो ।
कम्पनीले चालु आवको चैत मसान्तसम्म २३ करोड ३५ लाख रूपैयाँ खुद नाफा गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको नाफा २० करोड ९ लाख रूपैयाँ रहेको थियो । समिक्षा अवधिमा कम्पनीको कुल आम्दानी ८.३१ प्रतिशतले बढ्दा खर्च भने ४.८७ प्रतिशतले बढेको छ । कम्पनीको कुल आम्दानी ९४ करोड ७७ लाख रूपैयाँबाट बढेर १ अर्ब २ करोड ६४ लाख पुग्दा खर्च भने ६६ करोड ६ लाख रूपैयाँबाट बढेर ६९ करोड २८ लाख रूपैयाँ नाघेको छ ।
गत वर्ष ४९ करोड ४३ लाख रूपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीको यस वर्ष ०.२० प्रतिशतले बढेर ४९ करोड ५२ लाख रूपैयाँमा पुगेको छ । चुक्ता पुँजी २ अर्बरूपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा ४ करोड ३५ लाख रूपैयाँ र जगेडा कोषमा २८ करोड ९६ लाख रूपैयाँ सञ्चिति रहेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १५.५७ रूपैयाँले छ भने प्रतिसेयर नेटवर्थ १५८.३२ रूपैयाँ रहेको छ।












समाचार
सुपर मादी हाईड्रोपावरको नाफामा २७७ प्रतिशतको वृद्धि, ईपीएस सहित अन्य सूचक कस्ता ?
सरकारले विद्युत् महसुल समयानुकूल बनाउन पुनरवलोकन प्रक्रिया अघि बढायो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालन
भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य
लक्ष्मी सनराइज बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
भगवती हाइड्रोपावरको करिब ५८ लाख कित्ता सेयरको लकइन अवधि सकिंदै
सन नेपालको बोनस र हकप्रद सेयरमध्येको ३ लाख ७७ हजार कित्ता सेयरको लकइन अवधि सकिदै
प्रतिनिधिसभाको बैठक बस्दै, के के छन् कार्यसूची
गैरआवासीय नेपालीलाई दोस्रो बजारमा सहभागी गराउने तयारी, धितोपत्र बोर्ड–एनआरएनबीच छलफल