हप्ता दिनमै ४ हजार ७०० रुपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कति ?

काठमाडौं । पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य बढी रहेको छ । पछिल्लो एक साताको अवधिमा मात्रै पहेलो धातुको मूल्यमा ४ हजार ७०० रुपैयाँले वृद्धि भएको हो ।

गत साउन २२ गते शुक्रबार २ लाख ९६ हजार ९०० रुपैयाँ कायम रहेको सुनको मूल्य साउन २९ गते शुक्रबारसम्म आइपुग्दा ४ हजार ७०० रुपैयाँले बढेर प्रतितोला ३ लाख १ हजार ६०० रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, गत साउन २४ गते आइतबार एकैदिन ४ हजार ८०० रुपैयाँले बढेर ३ लाख १ हजार ७०० रुपैयाँ पुगेको थियो ।

त्यस्तै, साउन २५ गते सोमबार भने २०० रुपैयाँले घटेर ३ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । साउन २६ गते मंगलबार पनि एकैपटक ६ हजार ४०० रुपैयाँले बढेर सुन प्रतितोला ३ लाख ७ हजार ९०० रुपैयाँ पुगेको थियो । त्यस्तै, साउन २७ गते बुधबार भने १ हजार २०० रुपैयाँले सुनको मूल्य घटेको थियो । उक्त दिन सुनको मूल्य ३ लाख ६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, साउन २८ गते बिहीबार पनि प्रतितोलामा ५०० रुपैयाँले घटेर सुनको मूल्य ३ लाख ६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

साउन २९ गते शुक्रबार ४ हजार ६०० रुपैयाँले घटेर सुनको मूल्य ३ लाख १ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । समग्रमा यो हप्ता सुनको मूल्यमा तीव्र उतारचढाव आएको महासंघले जनाएको छ ।

फेसबुक प्रतिक्रिया