रिलायबल नेपाल लाइफको वित्तीय विवरणमा आकर्षक प्रगति

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अवधिमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्रको नाफामा उल्लेख वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको तुलनामा करिब ३७ प्रतिशतले नाफा बढेको हो ।

वित्तीय विवरण अनुसार कम्पनीले चालु आवको चैत मसान्तसम्मको अवधिमा ४६ करोड ५७ लाख रूपैयाँ खुद नाफा कमाएको छ । यो गत आवको सोही अवधिको भन्दा ३६.८८ प्रतिशतले धेरै हो । गत आवको यसै अवधिसम्म कम्पनीको यस्तो नाफा ३४ करोड २ लाख रूपैयाँ रहेको थियो ।

नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि ३.६० रूपैयाँले बढेर १३.८८ रूपैयाँ कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १६७.९७ रूपैयाँ रहेको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद बीमा शुल्क आर्जन पनि २ अर्ब ७३ करोड रूपैयाँबाट २७.१८ प्रतिशतले वृद्धि भएर करीब ३ अर्ब ४८ करोड रूपैयाँ पुगेको छ ।

त्यस्तै यस वर्ष कम्पनीको कुल आम्दानी २७.१३ प्रतिशतले वृद्धि हुँदा कुल खर्च पनि २६.५३ प्रतिशतले वृद्धि भएको छ। कम्पनीको कुल आम्दानी ३ अर्ब ७४ करोड रूपैयाँबाट बढेर ४ अर्ब ७६ करोड नाघेको छ भने कुल खर्च ३ अर्ब ४० करोडबाट बढेर ४ अर्ब ३१ करोड रूपैयाँ नाघेको छ ।
४ अर्ब ६४ करोड ४० लाख रूपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको महाविपत्ति कोषमा २० करोड ७९ लाख रूपैयाँ र जगेडा कोषमा १ अर्ब ११ करोड रूपैयाँ सञ्चिति रहेको छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार