
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको कायम मुकायम (कामु) सीईओमा कपिल कुमार दाहाल नियुक्त भएका छन् । यसअघिका कम्पनीको प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले राजीनामा दिएसँगै उनको स्थानमा सोही कम्पनीमा नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) दाहाललाई कामु सीईओको जिम्मेवारी दिएको हो ।
कम्पनीको असोज २७ गते बेलुकी ४ बजे बसेको सञ्चालक समितिको बैठकले अर्काे सीईओ नियुक्ति नभएसम्मका लागि कार्यबाहक सीईओको हैसियतमा कम्पनीको दैनिक प्रशासकीय तथा व्यवस्थापकीय कामकाज गर्ने गरी नियुक्त गरिएको कम्पनी सचिव ईश्वर कुमार सेडाईले जानकारी दिएका छन् ।
फेसबुक प्रतिक्रिया













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व