
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको व्यवसाय मजबुद देखिएको छ । यद्यपी कम्पनीको नाफा भने घटेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफामा साढे ६४ प्रतिशतको गिरावट आएको छ ।
कम्पनीले गत आर्थिक वर्षको अन्तिमसम्ममा कुल ६ करोड ३० लाख ९९ हजार रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो आवको भन्दा ६४.५५ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्ष कम्पनील्े १७ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन अघिल्लो वर्ष १ अर्ब २३ करोड ९६ लाख रुपैयाँ रहेकोमा ७.९० प्रतिशतले बढेर १ अर्ब ३३ करोड ७६ लाख रुपैयाँ पुगेको छ । त्यस्तै समीक्षा अवधिमा कम्पनीको कुल खर्च ४.९४ प्रतिशतले बढेर १ अर्ब ७१ करोड ५० लाख रुपैयाँ पुगेको छ भने लगानीबाट हुने आम्दानी ९ प्रतिशतले घटेर १ अर्ब ८० करोडरुपैयाँमा खुम्चिएको छ ।
कम्पनीको चुक्ता पुँजी २ अर्ब ३१ करोड लाख रुपैयाँ पुगेको छ । बीमा कोषको आकार २३.९० प्रतिशतले बढेर ३ अर्ब ५९ करोड ६ लाख रुपैयाँ पुगेको छ । नाफामा आएको गिरावटसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) मा पनि गिरावट लागेको छ । अघिल्लो वर्ष ७.७१ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी २.७३ रुपैयाँमा झरेको छ । हाल कम्पनीको प्रतिसेयर नेटवर्थ १८८.०१ रुपैयाँ रहेको छ ।
फेसबुक प्रतिक्रिया












समाचार
एशियन लाइफले कमायो साढे ४१ करोड नाफा, अधिकांश सूचकमा सुधार
सिटिजन्स बैंकको नाफा ६३ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा कति ?
२ प्रतिशतले बढ्यो रिलायबल नेपाल लाइफको नाफा, १७ अर्ब ९३ करोडको जीवन बीमा कोष
नेपाल इन्स्योरेन्सको नाफा १७ करोड, प्रतिसेयर आम्दानी कति ?
सानिमा जीआईसी व्यवसाय विस्तारमा आक्रामक, यस्ता छन् अन्य सूचक
स्थानीय तहको सहभागितामा मुस्ताङमा जलवायु सम्मेलन हुँदै
नेपाल–चीन सम्बन्ध सात दशकमा बृहत् साझेदारीमा विस्तार
चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित
सामान्य बढ्यो प्रभु महालक्ष्मी लाइफको नाफा, अन्य सूचक कस्ता ?