
जुम्ला । असिना सहितको वर्षात्ले यहाँका स्याउ बगैंचामा क्षति पुर्याएको छ । तिला गाउँपालिका–९ मा शुक्रबार साँझ परेको असिनाले बगैंचामा क्षति पुर्याएको हो ।
विशेष गरेर राँस, मालपानी खोप्री, ढिपु गाउँका गहुँ, जौ, आलु, सिमीलगायत बालीनाली स्याउ, ओखरमा असिना पानीले क्षति गरेको वडाध्यक्ष धनबहादुर रावतले जानकारी दिए । झण्डै आधा फिट असिना परेको थियो । वडाध्यक्ष रावतले भने, ‘पाकेको बाली खेतबारीमै झारेको छ ।
सिमी, आलु, मकै, फापरलगायतको बाली नष्ट पारेको छ । स्थानीय सरकारदेखि प्रशासनलाई राहतका लागि पहल भइरहेको छ ।’ असिनाले राँसाका ११० र मालापानी गाउँका ६८ घरघुरी प्रभावित बनेको वडाध्यक्ष रावतको भनाइ छ ।
फेसबुक प्रतिक्रिया













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम