काठमाडौं । मंगलबार सेयर बजारमा भारी गिरावट आएको छ । आज सेयर बजार परिसूचक ३५ दशमलव ७३ अंकले घटेर २६५८ दशमलव ९३ विन्दुमा पुगेको हो ।
आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये २१४ कम्पनीको सेयर मूल्य घटेको छ भने ३४ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव ०६ अंकले घटेर ४५३ दशमलव ९२ विन्दुमा पुगेको छ । आज सेयर बजारमा सबै १३ वटै उपसूचकको सेयर मूल्य घटेर कारोबार भएको छ ।
आज सेयर बजारमा साढे ६ अर्ब भन्दा माथिको कारोबार भएको छ । आज ३१५ कम्पनीको १ करोड ५५ लाख ३८ हजार ४७४ कित्ता सेयर ७५ हजार ५०८ पटक खरिद बिक्री हुँदा ६ अर्ब ६७ करोड ९५ लाख ६१ हजार ३२४ रुपैयाँको बराबरको कारोबार भएको छ । मंगलबारको कारोबारमा पियोर इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।