
काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएको बताएका छन्। डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत यो जानकारी दिएका हुन् । उनले ट्रुथ सोसलमा लेखेका छन्- अमेरिकासँगै इजरायलले तेहरानमा गरेको आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएका छन् ।
यसबाट इरानका जनतालाई, अमेरिकनहरुलाई र विश्वका धेरै देशका मानिसहरुलाई ‘न्याय’भएको टिप्पणी समेत गरेका छन् । यसअघि रोयटर्स समाचार एजेन्सी र इजरायली सञ्चारमाध्यमहरूले पनि ८६ वर्षीय इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी गरेका थिए । फक्स न्युज च्यानलले पनि अली खामेनी मारिएको समाचार लेखेको छ । उनीहरुले इजरायलका एक ‘बरिष्ठ’ अधिकारीलाई उद्धृत गर्दै अली खामेनी मारिएको समाचार लेखेका हुन् ।
इजरायल र अमेरिकाले संयुक्तरुपमा गरेको आक्रमणबाट अली खामेनीको निवास पूर्णरुपमा तहसनहस भएको स्याटेलाइट तस्वीरमा देखिन्छ ।
ट्रुथ सोसलमा खामेनी मारिएको लेख्नुअघि ट्रम्पले ‘इरानका धेरै नेतृत्व तहका व्यक्ति हटिसके’ भन्ने अभिव्यक्ति दिएका थिए।
राष्ट्रपति ट्रम्पले एबीसी न्युजसँगको टेलिफोन अन्तर्वार्तामा अमेरिकी आक्रमणले ‘पहिले नै ठूलो क्षति पुर्याइसकेको’ र इरानको नेतृत्व तहका ‘धेरै व्यक्ति हटिसकेको’ बताएका थिए ।
इरानको खण्डन
इजरायल र अमेरिकामा आधारित अपुष्ट रिपोर्टहरूमा उनी मारिएको दाबी गरिएको छ। तर इरानले भने इजरायल र अमेरिकाको आक्रमणमा परेका आफ्ना सर्वोच्च नेता अली खामेनी सुरक्षित रहेको दाबी गरेको छ ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले एनबीसी समाचार संस्थासँगको कुराकानीका क्रममा आफ्ना नेता ‘सुरक्षित र स्वस्थ’ रहेको दाबी गरेका हुन् ।
इरानका सर्वोच्च नेताको कार्यालयका जनसम्पर्क प्रमुखले पनि खामेनी मारिएको भन्ने समाचार आएपछि त्यसलाई देशका शत्रुहरूको “मानसिक युद्ध”को संज्ञा दिएको एलजजिरा न्युज च्यानलले जनाएको छ ।













समाचार
एनपीएल २०२६ को मिति घोषणा, कात्तिक ९ देखि सुरु हुने
ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी
ग्यासमा कालोबजारी गरेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ
बन्द र घाटामा थलिएका केही उद्योगमा आशालाग्दा परिणाम देखिन थाले : प्रधानमन्त्री शाह
ढोरपाटन सिकार आरक्षमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी
पाटन बारका तीन समूहबिच प्रतिस्पर्धा हुँदै
सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल
जुम्लामा ४८ करोड राजस्व सङ्कलन
सुर्खेतमा सामुदायिक वनमा लुकाइराखेको तीन थान भरुवा बन्दुक बरामद
पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण