दाङ, रोल्पा, रुकुमपूर्व र प्यूठानमा सार्वजनिक बिदा

काठमाडौं । भूमे पर्वको अवसरमा लुम्बिनी प्रदेश सरकारले आज चार जिल्लामा सार्वजनिक बिदा दिएको छ । लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद नेपालका अनुसार दाङ, रोल्पा, रुकुमपूर्व र प्यूठानका सम्बन्धित समुदायलाई बिदा दिइएको हो ।

भूमे पर्व विशेषगरी मगर समुदायले आफ्नो महत्वपूर्ण चाडका रूपमा मनाउँछन् । विगत वर्षहरूमा पनि प्रदेश सरकारले यस पर्वको अवसरमा सार्वजनिक बिदा दिँदै आएको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार