
काठमाडौं । इरानको होर्मोजगान प्रान्तको विद्यालयमाथि गरिएको इजरायली आक्रमणमा परी मारिने विद्यार्थीको संख्या ४० पुगेको छ । दक्षिणी इरानको होर्मोजगान प्रान्तस्थित मिनाब सहरमा रहेको एक बालिका प्राथमिक विद्यालयमा भएको इजरायली आक्रमण परी मर्नेको संख्या ४० पुगेको हो ।
इरानको सरकारी समाचार संस्था आईआरएनएले इजरायली आक्रमणमा परी मारिने विद्यार्थीहरूको संख्या ४० पुगेको पुष्टि गरेको छ । प्रारम्भमा अलजजिराले आक्रमणमा पाँच जनाको मृत्यु भएको समाचार प्रकाशित गरेको थियो । त्यसपछि उक्त संख्यामा वृद्धि भएर मर्नेको संख्या २४ पुगेको थियो ।
इरानको राजधानी तेहरान तथा देशका विभिन्न सहरहरूमा धेरै विस्फोटका आवाजहरू सुनिरहेका छन् । तेहरानस्थित इरानका सर्वोच्च नेता आयातुल्लाह अल खामनेईको कार्यालय र राष्ट्रपतिको कार्यालयलाई पनि निशाना बनाइएको बताइएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित
निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक
बाढीपछिको पुनः स्थापना र पुनर्निर्माणका लागि अमेरिकाले थप ३१ मिलियन डलर सहयोग गर्ने
नेपाल र ग्रेनाडाबिच कूटनीतिक सम्बन्ध स्थापना
आज संसद बैठक बस्दै, के-के छन् कार्यसूची ?
फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने
आज देशैभर कांग्रेसको पालिका अधिवेशन
देशभर दोहोरो वायुको प्रभाव, चार प्रदेशमा भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सेबोनको नयाँ आईपीओ मापदण्डको प्रस्तावमा इप्पानको आपत्ति, जलविद्युतलाई छुट्टै व्यवस्था गर्न माग