जर्मन क्लब डर्टमण्ड क्लब विश्व कपको अन्तिम १६ मा प्रवेश

काठमाडौं । बोरुसिया डर्टमुण्डले अमेरिकामा जारी क्लब विश्व कपको नकआउट चरणमा प्रवेश गरेको छ । दक्षिण कोरियाली क्लब उल्सान एचडीलाई १–० ले हराएपछि समूह एफको विजेता बन्दै डर्टमुण्ड अन्तिम १६ मा पुगेको हो ।

निको कोभाचको टोली सिन्सिनाटीमा भएको समूह चरणको अन्तिम खेलमा मैदान उत्रँदा, नकआउट चरणमा पुग्नका लागि बराबरी नतिजा नै पर्याप्त हुने स्थिति थियो । बैंक अफ अमेरिका स्टेडियममा ३६ औं मिनेटमा डानियल स्वेन्सनको गोलमा डर्टमण्डले अग्रता लिएको थियो ।

समूह एफकै अर्को खेलमा ब्राजिलको फ्लुमिनेन्सेले दक्षिण अफ्रिकी क्लब ममेलोडी सन्डाउन्ससँग गोलरहित बराबरी खेल्दै समूहको उपविजेताको रुपमा नकआउट चरणमा पुगेको छ । डर्टमुण्डले ७, फ्लुमिनेन्सले ५, सन्डाउन्सले ४ अंक बटुल्दा उल्सान अंक विहिन रह्यो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार