
काठमाडौं । इंग्लिस क्लब चेल्सीले ब्राजिलको फ्लुमिनेन्सलाई हराउँदै फिफा क्लब विश्वकपको फाइनलमा स्थान पक्का गरेको छ । गत साता मात्र ब्राइटनबाट लन्डन क्लब भित्रिएका ब्राजिलियन फरवार्ड जोआओ पेड्रोको उच्च प्रदर्शनमा चेल्सीले २–० को जित दर्ता गरेको हो ।
फ्लुमिनेन्सको एकेडेमी हुँदै व्यावसायिक फुटबल करिअर सुरुवात गरेका पेड्रोले पूर्वक्लबविरुद्ध चेल्सीका लागि दुवै गोल गरेका थिए । १८ औं मिनेटमा पेनाल्टी क्षेत्र बाहिरबाट उनले गरेको प्रहार गोल भएको थियो । चेल्सीको जर्सीमा पेड्रोले पहिलो पटक सुरुवाती रोजाइमा खेलेका थिए । फरवार्ड लियाम डेलाप दोस्रो पहेंलो कार्डका कारण निलम्बनमा परेसँगै पेड्रोले सुरुवात गर्ने अवसर पाएका थिए ।
उनले दोस्रो हाफको ५६ औं मिनेटमा दोस्रो गोल गरे । एन्जो फर्नान्डेजको पासलाई उनले शक्तिशाली प्रहारमा गोल गरेका थिए । फ्लुमिनेन्सले अन्त्यतिर पाएका अवसर सदुपयोग गर्न नसक्दा अपराजित यात्रामा पूर्णविराम लाग्यो । बुधबार हुने दोस्रो सेमिफाइनलमा पेरिस सेन्ट जर्मेन र रियल म्याड्रिड खेल्नेछन् । फाइनल आइतबार हुनेछ ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू