घरजग्गा कारोबारबाट ११ महिनामा पौने ४ अर्ब राजस्व संकलन

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा घरजग्गा कारोबारबाट सरकारले पौने ४ अर्ब रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ ।सरकारले चालु आर्थिक वर्षको ११ महिनामा घरजग्गा कारोबारबाट ४ अर्ब ७२ करोड ७० लाख ९४ हजार ४४९ रुपैयाँ बराबरको राजस्व संकलन गरेको हो ।

यसैगरी यस अवधिमा देशभर १४ लाख २६ हजार २०० घरजग्गा कारोबार भएका छन् भने ४ लाख ७६ हजार ६०४ वटा लिखत पास भएको भूमि व्यवस्थापन तथा अभिलेख विभाग जनाएको छ । चालु आर्थिक वर्षको ११ महिनामा सरकारले घरजग्गा कारोबारबाट हुँने पुँजीगत लाभकरबाट १ अर्ब ८१ करोड ९७ लाख २३ हजार ९८५ रुपैयाँ संकलन गरेको छ ।

यसैगरी, रजिष्ट्रेशन बापत २ अर्ब ५२ करोड ५६ लाख १८ हजार २७६ रुपैयाँ बराबरको राजस्व संकलन भएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार