माओत्से गुरुङको निर्देशनमा निर्माण हुने चलचित्र ‘पेन्सनपट्टा’मा अभिनेता दयाहाङ राई अनुबन्धित भएका छन् । चलचित्रले भूतपूर्व लाहुरेको कथा बोकेको छ ।
लोभी मान्छे कसरी दानी बन्छ भन्ने कथा भन्ने निर्देशक तथा निर्माता गुरुङले बताए । माओत्से गुरुङ फिल्मसको ब्यानरमा निर्माण हुने चलचित्रको कथा पनि निर्देशक गुरुङले नै लेखेका छन् ।
चलचित्रको सम्पूर्ण छायांकन कास्कीको पोखरा आसपासमा गरिने निर्माणपक्षले जनाएको छ । चलचित्र सुशन प्रजापतिले खिच्नेछन् । माओत्से कलाकार तथा निर्देशकसँगै निर्माता पनि हुन् ।