
काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) पत्रकार माथि भएकाे दुर्व्यवहार र आक्रमणप्रति ध्यानाकर्षण भएकाे जनाएकाे छ । नाफिज सदस्य एवं रातोपाटी डटकमका संवाददाता अमृत चिमरिया सहितको टोलीमाथि ‘फिल्ड रिपोर्टिङ’का क्रममा भएको दुर्व्यवहार र पत्रकार अर्जुन आचार्यमाथि भएको आक्रमणप्रति यस संस्थाको ध्यानाकर्षण भएको हाे।
झापा ५ मा निर्वाचनको अवस्थाबारे स्थलगत रिपोर्टिङका क्रममा ‘ नेशलन भोलेन्टियर फोर्स’ द्वारा भएको सो दुर्व्यवहार र आक्रमणको घोर भत्सना गर्दछ । साथै, लोकतन्त्रको मूल्य र मान्यतालाई सबैले सही ढंगले पछ्याउनुपर्ने र चुनावसँग सम्बन्धित सत्यतथ्य समाचार संकलनका लागि फिल्डमा खटेका पत्रकारको सुरक्षा चूनौति सृजना गरिनु प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता माथिकै आक्रमणका रुपमा नाफिजले लिएको छ ।
साथै पत्रकारलाई दुर्व्यवहार र पत्रकारमाथि हातपात गर्ने कार्यमा संलग्न उक्त नेशलन भोलेन्टियर फोर्सका सदस्यलाई कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग नाफिज माग पनि गर्दछ । नेपाल आर्थिक पत्रकार संघले अपराधिक मनसायले पत्रकारमाथि दुर्व्यवहार र हातपात गर्नेलाई तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन र पत्रकारको सुरक्षामा विशेष ध्यान दिन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
साथै, प्रेस विरोधी कर्मको निन्दा र भत्सना गर्नुका साथै भविष्यमा प्रेस स्वतन्त्रता हननमा संलग्न नहुन सम्बन्धित सम्पूर्णलाई सचेत गराउँदछ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह