
काठमाडौं । नेपाल शेर्पा विद्यार्थी संघद्वारा आयोजित ‘शेर्वी लोप्टुक कन्क्लेभ २०८२’ सप्पन्न भएको छ । नेपालभरिका शेर्पा विद्यार्थीहरूलाई एकीकृत गर्दै शिक्षा, पहिचान, अवसर र सशक्तिकरणको सन्देश फैलाउने उद्देश्यले आयोजना गरिएको कार्यक्र यही शनिबार काठमाडौंमा सम्पन्न भएको हो ।
कार्यक्रम कपनस्थित सिद्धार्थ बुटिक होटलमा भव्यतापूर्वक सम्पन्न भएको छ । नेपाल शेर्पा विद्यार्थी संघले हरेक वर्ष आयोजना गर्ने यो कार्यक्रम शेर्पा विद्यार्थीहरूका लागि सशक्तिकरण, सञ्जाल विस्तार र सांस्कृतिक अभिव्यक्तिका साथै उच्च शिक्षामा अघि बढ्ने एउटा उत्कृष्ट माध्यम बनेको छ ।
यो वर्षको सम्मेलन पनि सिर्जनशीलता, बौद्धिक संवाद र सामूहिक उत्सवको संगमका रुपमा रहेको आयोजकले जनाएको छ । कार्यक्रमले भविष्यका शेर्पा नेतृत्वकर्ताहरूलाई प्रेरित गर्ने, आत्मविश्वास अभिव्यक्त गर्ने र समुदायमा बलियो सम्बन्ध बनाउन महत्वपूर्ण भूमीका खेलेको आयोजक शेर्पा विद्यार्थी संघका अध्यक्ष फुर्वा छिरिङ शेर्पाले जानकारी दिए ।
शेर्वी लोप्टुकमार्फत् एसईई दिएका शेर्पा विद्यार्थीहरुमध्येबाट छनोट गरी ११ कक्षामा पढ्नका लागि छात्रवृत्ति दिने गरिएको छ । यसपटक अघिल्लो वर्षभन्दा शेर्पा विद्यार्थीहरुको संख्या उत्साहजनकरुपमा वृद्धि भएको अध्यक्ष शेर्पाको भनाइ छ । कार्यक्रममा एस.ई.ई. विद्यार्थी सम्मान पनि गरिएको छ । उक्त अबसरमा एसईई परीक्षा उत्तीर्ण गरेका शेर्पा विद्यार्थीहरूको मेहनत र उपलब्धिको कदर गर्दै विशेष सम्मान गरिएको आयोजकले जनाएको छ ।
‘शेर्पा सन्देश २०८२’ विमोचन
शेर्पा विद्यार्थीहरूको लेख, सिर्जनात्मक अभिव्यक्ति, विचार र संस्कृतिको झल्को दिने शेर्पा सन्देश २०८२ सार्वजनिक समेत गरिएको छ ।
प्यानल छलफल
सो अबसरमा शिक्षा, पहिचान, अवसर र सशक्तिकरणको विषयमा युवा शेर्पा नेताहरू, शिक्षक तथा विज्ञहरूसँग संवाद सत्र सञ्चालन समेत गरिएको छ ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व