रसुवा बाढी : उद्धारमा खटिएका प्रहरी र मजदुर सम्पर्कविहीन

काठमाडौं । रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर–२ स्थित रसुवागढीमा बाढी आएपछि उद्धार गर्न खटिएका ३ जना प्रहरी सम्पर्क विहीन भएका छन् ।

चीनमा परेको अविरल वर्षाको कारण आएको बाढीमा परेर टिमुरे स्थित ड्राइपोर्टमा कार्यलयका केही मजदुरहरू पनि सम्पर्कविहीन भएको रसुवा प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय टिमुरेबाट उद्धारमा खटिएका प्रहरी सहायक निरीक्षक लाल बहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र जवान लोकेन्द्र बोहरा सम्पर्कविहीन भएका हुन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार