
विराटनगर । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सदनमा जनताको प्रश्न सोध्दा उत्तर नआए बबाल हुने संकेत गरेका छन् । उनले रास्वपाका वरिष्ठ नेता बालेन शाहतर्फ लक्षित गर्दै सदनमा समय दिने र उत्तर दिने नेतृत्व चाहिने बताए ।
उनले सरकारको नेतृत्व रवि लामिछानेले गरे राम्रो हुने बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जनताले चुनिहालेपछि अब सबैले स्वीकार्नै पर्छ तर सरकारको नेतृत्व रविले गर्दा राम्रो ।’ उनले नबोल्ने मान्छेले प्रश्नको उत्तर विस्तारमा दिन नसक्ने भन्दै बालेनप्रति टिप्पणी गरेका छन् । उनले लेखेका छन्, ‘नबोल्ने मान्छेले बिस्तारमा उत्तर दिन सक्दैनन् । सदनमा जनताको प्रश्न सोध्दा उत्तर दिने र समय दिने नेतृत्व चाहिन्छ, नत्र बबाल हुनेछ ।’
सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार बनेक हर्क साम्पाङ विजय उन्मुख छन् । यस क्षेत्रको अन्तिम परिणाम नआइसके पनि उनले आफ्ना प्रतिस्पर्धीलाई १३ हजार २ सय ९८ मतले पछाडि पारेका छन् । अहिलेसम्म साम्पाङले ३३ हजार ५ सय ६५ मत पाएका छन् ।













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना