
काठमाडौं । २०८२ सालको जेठ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.७२ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष सोही महिनामा यो दर ४.१७ प्रतिशत थियो। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनासम्मको तथ्यांकमा यो विवरण उल्लेख गरिएको छ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ०.५४ प्रतिशतमा सीमित रहँदा गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९४ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ५.८५ प्रतिशत र ३.०७ प्रतिशत थियो। खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको मूल्य सूचकाङ्क १०.०६ प्रतिशतले, गैर-मदिराजन्य पेय पदार्थको ५.१३ प्रतिशतले, फलफूलको ३.५१ प्रतिशतले र दाल तथा गेडागुडीको २.८५ प्रतिशतले वृद्धि भएको छ।
तरकारी उप–समूहको सूचकाङ्क भने ७.०४ प्रतिशतले घटेको छ। त्यसैगरी मरमसलाको ३.०६ प्रतिशत र माछा तथा मासुको २.९१ प्रतिशतले मूल्य घटेको देखिएको छ। प्रदेशगत रूपमा हेर्दा, २०८२ जेठ महिनामा सबैभन्दा बढी मुद्रास्फीति कोशी प्रदेशमा ४.१८ प्रतिशत र सबैभन्दा कम गण्डकी प्रदेशमा १.७५ प्रतिशत देखिएको छ। मधेश प्रदेशमा २.५२ प्रतिशत, बागमतीमा २.२९ प्रतिशत, लुम्बिनीमा २.३९ प्रतिशत, कर्णालीमा २.५४ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ३.८६ प्रतिशत मुद्रास्फीति दर रहेको छ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व