काठमाडौं । आज २१२ औँ भानुजयन्ती विविध कार्यक्रम गरी मनाइदै छ । तनहुँको चुँदीरम्घामा आज सार्वजनिक बिदा समेत दिइएको छ ।
त्यहाँ विविध कार्यक्रमसहित भानु जयन्ती मनाइँदैछ । भानु जयन्तीका अवसरमा चुँदीरम्घामा आयोजना हुने कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सहभागी हुने कार्यक्रम रहेको छ ।
भानु जयन्तीका अवसरमा प्रभातफेरी, भानु प्रतिमामा माल्यार्पण, झाँकी प्रदर्शन, कविगोष्ठी, सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरण कार्यक्रम हुने आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिए ।