पेट्रोलियम पदार्थको मूल्य घट्यो, पेट्रोल प्रतिलिटर ५ रुपैयाँ सस्तीयो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पर्दाथको मूल्य घटाएको छ । आज राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल र मट्टितेल प्रतिलिटर १ रुपैयाँ घटाएको हो ।

भारतीय आयल कर्पोरेसन (आईओसी)बाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको निगमले जनाएको छ । नयाँ मूल्य अनुसार अब पहिलो वर्गमा पेट्रोलको मूल्य लिटरमा १५७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १५९ रुपैयाँ र तेस्रो वर्गमा १६० रुपैयाँ कायम भएको छ ।
त्यस्तै नयाँ समायोजन भएको मूल्य अनुसार डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा १४५ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १४७ रुपैयाँ र तेस्रो वर्गमा १४८ रुपैयाँ पुगेको छ ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार