
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूको हितग्राही (डिम्याट) खातामा साधारणसभाले पारित गरेको ५ प्रतिशत बोनस सेयर पठाएको छ।
गत पुस ७ गते सम्पन्न २१औं वार्षिक साधारण सभाबाट पारित भएको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेड र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूचीकृत तथा दर्ता भई उक्त बोनस सेयर अभौतिक (डिम्याट) प्रणालीमार्फत कारोबार गर्न सकिने व्यवस्था भइसकेको छ। मंसिर २२ गतेसम्म आफ्नो सेयर अभौतिकीकरण गराइसकेका सेयरधनीहरूको बोनस सेयर सम्बन्धित डिम्याट खातामा जम्मा भइसकेको बैंकले जनाएको छ। त्यसपछि अभौतिकीकरण गर्ने सेयरधनीहरूको हकमा भने क्रमशः बोनस सेयर जम्मा गरिने व्यवस्था रहेको छ।
बैंकले हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका सेयरधनीहरूलाई तत्काल आफ्नो सेयर डिम्याटमा रूपान्तरण गर्न आग्रह गरेको छ। यसो गर्दा मात्र बोनस सेयर हितग्राही खातामा प्राप्त गर्न सकिने बैंकले जानकारी दिएको छ। यसैबीच मंसिर २२ गतेसम्म सेयर धितो राखेर कर्जा लिएका सेयरधनीहरूको बोनस सेयर सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममा नै रोक्का राखी डिम्याट खातामा जम्मा गरिने बताएको छ। कर्जा भुक्तानी भइसकेको भए सम्बन्धित संस्थामा सम्पर्क गरी रोक्का फुकुवा गर्न बैंकले आग्रह गरेको छ।













समाचार
गरिबी उन्मूलनका लागि बहुआयामिक दृष्टिकोण आवश्यक : परराष्ट्र सचिव राई
अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित
निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक
बाढीपछिको पुनः स्थापना र पुनर्निर्माणका लागि अमेरिकाले थप ३१ मिलियन डलर सहयोग गर्ने
नेपाल र ग्रेनाडाबिच कूटनीतिक सम्बन्ध स्थापना
आज संसद बैठक बस्दै, के-के छन् कार्यसूची ?
फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने
आज देशैभर कांग्रेसको पालिका अधिवेशन
देशभर दोहोरो वायुको प्रभाव, चार प्रदेशमा भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर