प्राइम बैंकको नाफा १४ प्रतिशतले घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा प्राइम कमर्सियल बैंकको नाफामा १४ प्रतिशतले कमी आएको छ । बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको भन्दा नाफा १४.३४ प्रतिशतले घटेको हो ।

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कम्पनीको नाफा १ अर्ब ८६ करोड ९९ लाख ५० हजार रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा २ अर्ब १८ करोड रुपैयाँ रहेको थियो । कम्पनीको खुद ब्याज आम्दानी भने १४ प्रतिशतले बढेर ४ अर्ब ४१ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ३ अर्ब ८७ करोड रुपैयाँ रहेको थियो ।

यता, कम्पनीको सञ्चालन नाफा ३ अर्ब १८ करोड रुपैयाँ रहेको छ । यता, कम्पनीको खराब कर्जा समेत ४.०७ प्रतिशतबाट बढेर ४.९६ प्रतिशत पुगेको छ । बैंकको चुक्तापुँजी १९ अर्ब ४० करोड हुँदा जगेडा कोषमा १० अर्ब ३१ करोड २१ लाख रुपैयाँ सञ्चिति रहेको छ । कम्पनीको वितरणयोग्य मुनाफा भने १ अर्ब ८४ करोड रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी २२.५० रुपैयाँ रहेकोमा १९.२८ रुपैयाँमा पुगेको छ । यता, प्रतिसेयर नेटवर्थ १६२.६४ रुपैयाँमा पुगेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार