भारतविरुद्ध इङ्ग्ल्याण्डको मजबुत सुरुवात

काठमाडौं । घरेलु टोली इङ्ग्ल्याण्डले भारतविरुद्धको चौथो टेस्टको पहिलो इनिङमा मजबुत सुरुवात गरेको छ । म्यानचेस्टरमा जारी चौथो टेस्टको दोस्रो दिन बिहिवार भारतलाई पहिलो इनिङमा ३५८ रनमा समेटेर आफ्नो पहिलो पारी सुरु गरेको घलुले टोलिले ठोस सुरुवात गरेको हो ।

दोस्रो दिनको समाप्तिसम्म घरेलु टोलिले २ विकेट गुमाएर २२५ रन बनाएको छ । इङ्ग्ल्याण्ड १३३ रनले पछि रहेको छ । इङ्ल्याण्डका लागि दुई ओपनर ज्याक क्रली र बेन डकेटले अर्धशतकीय इनिङ खेले । डकेट १३ चौकाको सहयोगमा ९४ रनमा आउट भए ।

पहिलो विकेटका लागि डकेट र क्रलीले पहिलो विकेटका लागि १ सय ६६ रनको साझेदारी गरे । क्रली १३ चौका र १ छक्काको सहयोगमा ८४ रनमा आउट भए इङ्ग्ल्याण्डका लागि ओली पोप २० तथा जो रुट ११ रनमा क्रिजमा रहेका छन् । भारतका लागि रविन्द्र जडेजा र अशुंल कम्बोजले समान १ विकेट लिए । कम्बोजको यो डेब्यु खेल समेत रहेको छ । त्यसअघि टस हारेर ब्याटिङ गरेको भारतले पहिलो इनिङमा ३ सय ५८ रन बनाएको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार