
कोपनहेगेन् । डेनमार्कको कोपन्हेगनमा सातौँ खुला ओएनएफ कप भलिबल प्रतियोगिता सम्पन्न भएको छ । प्रवासी नेपाली मन्च डेनमार्कको आयोजनामा आइतबार प्रतियोगिता सम्पन्न भएको हो ।
ONF डेनमार्क अध्यक्ष रबिन कार्की र NRNA ICC सदस्य दिपक रिजालद्वारा उद्घाटन भएको प्रतियोगितामा पुरुष तर्फ ८ टिम र महिला तर्फ ६ वटा टिमको सहभागीता रहेको थियो । प्रवासी नेपाली मन्च डेनमार्कका अध्यक्ष राघवेन्द्र सिं कार्कीका अनुसार प्रतियोगितामा महिला तर्फ मोना ‘ए’ डेनमार्क विजेता र मगर समाज डेनमार्क उपविजेता भएका छन् । त्यसैगरी पुरुष तर्फ नेपाली ब्रोदर ‘ए’ ले उपाधी जितेको छ । त्यस्तै मोना ‘ए’ उपविजेता बनेको छ ।

नेपाल भलिबल एसोसिएसन डेनमार्कको प्रवाधिक सहयोगमा सम्पन्न भएको प्रतियोगितामा महिला तर्फको खेलमा मोना ‘ए’ की टिना पाईजा उत्कृष्ट खेलाडी घोषित भएकी छन् भने पुरुष तर्फ नेपाली ब्रोदर्स ‘ए’ का नरेश भाट उत्कृष्ट खेलाडी घोषित भए । त्यसैगरी मोना ‘ए’ बाट सिजन केसी उत्कृष्ट सेटर भएका छन् भने मोना ‘ए’का बिमल सुनार उत्कृष्ट स्पाईकर भएका छन् ।
- प्रतियोगितामा विजेता खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथी डेनमार्कको लागि नेपाली कार्यवाहक राजदुत सावित्रा ओली र आयोजक कमिटीका अध्यक्ष राघवेन्द्र सिं कार्की ‘रोविन’ लगायत अन्य संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको हातबाट पुरस्कार वितरण गरेका थिए ।

पुरुष तर्फ विजेता खेलाडीलाई नेपाली २ लाख नगद, शिल्ड मेडल प्रमाणपत्र र उपविजेतालाई एक लाख शिल्ड मेडल प्रमाणपत्र गरिएको थियो । त्यसैगरी महिला तर्फ विजेता खेलाडीलाई ६० हजार शिल्ड मेडल प्रमाणपत्र र उपविजेता ३० हजार नगद सहित शिल्ड मेडल प्रमाणपत्र वितरण गरिएको अध्यक्ष कार्कीले जानकारी दिए ।

उक्त प्रतियोगिताको संयोजक भुवनध्वज थापाले प्रतियोगिता अवधि भर आयोजक कमिटीलाई प्राविधिक रुपमा सहयोग गरेका थिए । खेलकुद विभाग प्रमुख अमृत रिजालले खेल व्यवस्थापनमा सहयोग गरेका थिए । कार्यक्रममा सहयोगी तथा सहभागी सम्पुर्ण खेलाडी टिमहरुलाई अध्यक्ष कार्कीले विशेष धन्यवाद ज्ञापन व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाल भलिबल एसोसिएन डेनमार्कका अध्यक्ष प्रकाश श्रेष्ठले कार्यक्रम अत्यन्तै उत्साह पुर्ण भएको भन्दै खेलाडीहरुलाई फलदायी अवसर सिर्जना गरेको भन्दै आयोजक कमिटीलाई धन्यवाद समेत व्यक्त गरे।















समाचार
संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री
नेपाली क्रिकेट टोलीको बिदाइ
भदौमा ५ अर्ब ९ करोडको विद्युत् निर्यात, भारत र बंगलादेशमा साढे ५६ करोड युनिट बिक्री
भारतीय उद्योगपतिलाई नेपालमा लगानी बढाउन अर्थमन्त्री वाग्लेको आग्रह
भारतद्वारा नेपाललाई १३० टनभन्दा बढी सहायता सामग्री हस्तान्तरण
प्रभु बैंकद्धारा बाढी प्रभावित परिवारहरुका लागी आश्रय स्थललाई बंक बेड हस्तान्तरण
त्रिशूली-१ जलविद्युत् आयोजनामा बेपत्ता ११ जनाको शव फेला
‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु
जेसीबी इन्डियाद्वारा भोटेकोशी बाढी उद्धारमा खटिएका दुई नेपाली ग्राहकको सम्मान
विपद्पछिको पुनर्निर्माणमा सार्वजनिक–निजी साझेदारी र एकीकृत आवास विकासमा जोड