
काठमाडौं । घरेलु टोली इंग्ल्याण्डविरुद्धको पाँचौ तथा अन्तिम टेस्टमा भारतले मध्यम सुरुवात गरेको छ । ओभलमा जारी खेलमा घरेलु टोलीले टस जितेर बलिङ रोजेपछि ब्याटिङको निम्तो पाएको भारतले पहिलो दिनको खेल सकिदा मध्यम सुरुवात गरेको हो ।
वर्षाका कारण पटक पटक रोकिएको खेलको पहिलो दिन सकिदा भारतले ६ विकेट गुमाएर २०४ रन बनाएको छ । पहिलो दिन जम्मा ६४ ओभरको मात्रै खेल भएको छ । भारतका लागि करुण नायर अर्धशतक बनाएर खेलिरहेका छन् । अर्धशतक बनाएका नायरलाई वासिंटन सुन्दरले साथ दिइरहेका छन् ।
त्यसअघि साई सुदर्सन ३८, कप्तान शुभमन गिल २१, धुव्र जुरेल २१ तथा केएल राहुल १४ रनमा आउट भएका थिए । घरेलु टोलीका लागि पहिलो दिन जोस टंग र गस एटकिन्सनले समान २ तथा क्रिस वोक्सले १ विकेट लिए ।
पाँच खेलको टेस्ट सिरिजमा घरेलु टोली २–१ ले अघि रहेको छ । पहिलो र तेस्रो टेस्ट घरेलु टोली जित्दा दोस्रो टेस्ट पाहुना टोलीको पक्षमा रहेको थियो । केही दिन अघि सकिएको चौथो टेस्ट भने बराबरीमा सकिएको थियो ।













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम