पोखराको ब्रान्ड एम्बेसडरमा सनिशा नियुक्त

काठमाडौं । पोखरा निन्जाजले एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करणका लागि मोडल तथा अभिनेत्री सनिशा भट्टराईलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । ब्राण्ड एम्बेसेडरको रुपमा पोखरा निन्जाजमा आबद्ध हुन पाउँदा अत्यन्त खुसी र गर्व महसुस भएको उनले बताइन् ।

प्रगती नाथ पोखराको मार्की खेलाडी रहेकी छिन् । केही साता अघि भएको अक्सनबाट पोखराले पुनम चन्द, मिना सुनार, सुनिता खत्री, गरिमा बोहोरा, निशा महरा र भावना तामाङलाई अनुबन्ध गरेको थियो । पोखराले रुपेश बिष्टलाई टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । इन्फिनिटी ड्रिम्सको आयोजनामा इडब्लुभिएलको दोस्रो संस्करण भदौ २० गते देखि २८ गतेसम्म हुनेछ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार